पहिलो हाफमा नेपाल १–० ले अघि
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल अहिले जारी छ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा जारी छ ।
पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका हुन् ।
खेलको १२ औं मिनेटमा गोलरक्षक तथम कप्तान किरणकुमार लिम्बूले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा ह्यानड गर्न पुगेपछि रेफ्रीले मरिससलाई पेनाल्टी दिएका थिए ।
तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया