पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल अहिले जारी छ । खेल काठमाडौंस्थित दशरथ रंगशालामा जारी छ ।
पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका हुन् ।
खेलको १२ औं मिनेटमा गोलरक्षक तथम कप्तान किरणकुमार लिम्बूले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा ह्यानड गर्न पुगेपछि रेफ्रीले मरिससलाई पेनाल्टी दिएका थिए ।
तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया