सर्वोच्चमा अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर
काठमाडौं । सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको हो ।
अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।
बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरिएको थियो ।
सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ ।
यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्नेलगायत आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया