NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

कतारमा हुने विश्वकपका लागि दक्षिण कोरिया छनोट

काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरिया छनोट भएको छ ।

विश्वकप छनोटअन्तर्गत गएराति दुबईमा भएको खेलमा सिरियालाई पराजित गर्दै दक्षिण कोरियाले आफ्नो स्थान सुरक्षित बनाएको हो ।

दक्षिण कोरियाले २ गोल गर्दा सिरिया शून्यमा सीमित रह्यो ।

योसँगै दक्षिण कोरिया यसै वर्ष कतारमा हुने विश्वकप खेलमा छनोट हुने दोस्रो मुलुक बनेको छ । यो उसको विश्वकपमा दशौं उपस्थिति हुनेछ । यसअघि पहिलो पटक इरान विश्वकप छनोटमा परेको थियो ।