NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

अर्जेन्टिनाको अपराजित यात्रा २९ खेलसम्म कायम

काठमाडौं । अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा २९ खेलसम्म कायम राखेको छ ।

विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत गएराति भएको खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अपराजित यात्रा कायम गरेको हो ।

लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरे ।

अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ भने कोलम्बियाको सम्भावना कमजोर बनेको छ ।

सन् २०१९ कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेयता अर्जेन्टिना अपराजित छ । अपराजित यात्रा तय गरेको अमेरिकाले गत वर्ष कोपा अमेरिकाको उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

नियमित कप्तान भने योपटक टोली बाहिर छन् ।