NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

एक करोड ४८ लाख क्रिप्टो करेन्सी कारोबारमा संलग्न अधिकारी पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले नेपालवाचसँग भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको पाइएको छ । उनले प्रयोग गरेको मोबाइलमा पनि १३ लाख रुपैयाँ नेपाली रूपैंया बराबरको अमेरीकन डलर डिजिटल मुद्रा मौज्दात देखिएको छ ।’

प्रहरीले भित्रैसम्म पुगेर अनुसन्धान गरिरहेको प्रवक्ता राठौरले बताए ।

‘अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको र यससँग सम्बन्धित अन्य विषय खुल्दै आएका छन्’, उनले थपे, ‘उनी एक्लै छैनन्, यो क्रिप्टो करेन्सी कारोबारमा समूहगत सहभागिता हुन सक्छ । हामीले यो र यस्तै अनलाइन कारोबारमा संलग्नहरूलाई निगरानी बढाइरहेका छौं ।

क्रिप्टो करेन्सी अहिले देखिएको नयाँ कारोबार भएकाले यसबारे थप उनुसन्धान भइरहेको प्रवक्ता राठौरको भनाइ छ ।

‘हुन त पहिले पनि समय समयमा यस्तै अनलाइन ठगी र कारोबार हुँदै आएको हो । हामीले विदेशी मुद्रा अपचलनलगायत मुद्दामा कारवाहीका लागि सम्बन्धित निकायमा पठाएका छौं र अझै अनुसन्धान हुदैछ’, उनले भने ।

(क्रिप्टो करेन्सीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )

ताजा अपडेट

नेपालवाच विशेष