NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते
विश्लेषण

दक्षिण अमेरिकी छनोट दौडबाट दुई राष्ट्र बाहिरिए, विश्वकप खेल्ने सम्भावना कसको कति ?

काठमाडौं । यसै वर्ष कतारमा हुने विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोट थप रोमाञ्चक बन्दै गएको छ । आज बिहान दुई राष्ट्र बाहिरिएका छन् । दुई खेल खेल्नुअघि नै भेनेजुएला र पाराग्वे बाहिरिएका हुन् ।

आज भएको खेलमा उरुग्वेसँग ४–१ गोल अन्तरले पराजित भएपछि भेनेजुएला बाहिरिएको हो ।

Video: Paraguay and Venezuela fight it out in their Copa America semi-final – talkSPORT

यस्तै, ब्राजिलसँग ४–० को भारी अन्तरले हारेपछि पाराग्वे पनि छनोट दौडबाट बाहिरिएको छ ।

अंक तालिकामा भेनेजुएला अन्तिम र पाराग्वे नवौं स्थानमा छ ।

यसैगरी, १६ खेलबाट १५ अंक जोडेको बोलिभिया आठौं स्थानमा छ । बोेलिभियाको पनि विश्वकपमा सिधै छनोट हुने सम्भावना टरिसकेको छ ।

यद्यपि, पाँचौ हुँदै प्ले अफमा पुग्ने सम्भावना भने टरेको छैन ।

यस्तै, आज बिहान भएको खेलमा अर्जेन्टिनासँग पराजित भएको कोलम्बिया तालिकाको सातौं स्थानमा छ । १६ खेलबाट १७ अंकमत्र जोडेको कोलम्बियाको छनोट सम्भावना कमजोर बनेको छ ।

त्यस्तै, आज बिहान भएको खेलमा बोलिभियालाई ३–२ गोल अन्तरले पराजित गर्नका बाबजुद चिली तालिकाको छैटौं स्थानमा छ ।

Bolivia vs Chile Prediction, Betting Tips & Odds │1 FEBRUARY, 2022

दक्षिण अमेरिकी क्षेत्रमा रहेका १० टोलीमध्ये शीर्ष चार टोलीले सिधै विश्वकपमा स्थान बनाउने प्रावधान छ । पाचौँ स्थानमा रहनेले अन्तर महादेशीय प्ले अफ खेल्नुपर्नेछ ।

यसर्थ, छैटौं र सातौ स्थानमा रहेका चिली र कोलम्बिया डेन्जर जोनमा परेका छन् । यी दुई टोली विश्वकपमा छनोट नहुने सम्भावना प्रबल बनेको छ ।

यद्यपि, छनोट हुने सम्भावना भने टरेको छैन । पाचौ स्थान अर्थात प्ले अफ पोजिसनको पेरूभन्दा चिली दुई अंकले मात्र पछि छ ।

साथै, सातौं स्थानको कोलम्बिया पनि छैटौं स्थानको चिलीभन्दा मात्र दुई अंकले पछि छ । अझै दुई खेल खेल्न बाँकी नै रहेकाले नतिजा जे पनि हुन सक्छ ।

पाचौं स्थान अर्थात प्ले अफ जोजिसनमा रहेको पेरूले २१ अंक जोडेको छ । यो चौथो स्थानको उरुग्वेको भन्दा एकमात्र कम हो ।

Copa America 2019, Uruguay vs Ecuador: Uruguay Team News, Predicted XI, Key Players and more

यता, दुई पटकको विश्वविजेता उरुग्वेले आज सानदार जित निकालेसँगै शीर्ष स्थानमा उक्लिएको छ । यससँगै उरुग्वेले विश्वकपमा छनोट हुने सम्भावनालाई मजबुद बनाएको छ ।

पेरूसँग बराबरी खेल्नका बाबजुद इक्वेडर भने तेस्रो स्थानमा कायमै रहेको छ । २५ अंक जोडेको इक्वेडरले कम्तीमा प्ले अफ स्थान सुरक्षित बनाएको छ ।

यता, पहिलो र दोस्रो स्थानमा क्रमशः ब्राजिल र अर्जेन्टिना छन् । यी दुवै टोलीले विश्वकपमा स्थान बनाइसकेका छन् ।

यसर्थ, दक्षिण एसियाली क्षेत्रमा सिधै छनोट हुने दुईवटा र एउटा प्ले अफको स्थान मात्र बाँकी छ ।

Copa America 2021: Pumpido: Messi doesn't need to win the Copa America to be the best in the world | Marca

दक्षिण अमेरिकी क्षेत्रमा रहेका १० टोलीमध्ये सबैले सबैलाई हराउने गरेका छन् । यसर्थ, यहाँको फुटबल अनुमान गर्न गाह्रो हुन्छ । एकै रातमा नतिजा परिवर्तन हुने गर्छ ।

ब्राजिल र अर्जेन्टिनाबाहेक हरेक टोलीले समान १६ खेल खेलिसकेका छन् । अब प्रत्येकले दुई खेल खेल्न बाँकी छ ।

ब्राजिल र अर्जेन्टिनाबीचको खेल भने रोकिएका कारण यी दुई टोलीले समान १५ खेलमात्र खेलेका छन् ।

रोमाञ्चक बन्दै दक्षिण अमेरिकी छनोट : उरुग्वे पाँचौमा झर्‍यो, कसको स्थान कति ?