NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

को हुन् प्रधानमन्त्रीको भाषणविज्ञमा नियुक्ति पाएका गजुरेल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा  किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

को हुन् गजुरेल ?

गजुरेल नुवाकोटका स्थायी बासिन्दा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । सार्थ उनले राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय रहेको बताइएको छ ।

उनका विभिन्न अनुसन्धानात्मक कृतिसमेत प्रकाशित छन् ।

यसअघि गजेरल नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य थिए । उनले कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष