NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

स्थानीय चुनावबारे रणनीति तय गर्न एमाले सचिवालय बैठक जारी

काठमाडौं । स्थानीय चुनावको तयारी रणनीतिबारे छलफल गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

बुधबार भक्तपुरको जर्मन पार्टी प्यालेसमा जारी बैठकले स्थानीय निर्वाचन तयारी, पार्टीको नियमावली, जनसंगठन सञ्चालन निर्देशिका निर्माण, स्थगित भएको प्रदेश र बाँकी जिल्ला अधिवेशन तथा विभागहरू गठनबारे छलफल केन्द्रीत रहने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यसअघि सोमबार बसेको पार्टीको केन्द्रीय कार्यलय बैठकले सचिवालयमा पेश हुने एजेण्डा तय गर्दै राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारप्रति भएको अन्तरघातबारे छानविन गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

एमाले सचिवालयमा पार्टी अध्यक्षसहित १९ सदस्यीय सचिवालय रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष