स्थानीय चुनावबारे रणनीति तय गर्न एमाले सचिवालय बैठक जारी
काठमाडौं । स्थानीय चुनावको तयारी रणनीतिबारे छलफल गर्न बोलाइएको नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
बुधबार भक्तपुरको जर्मन पार्टी प्यालेसमा जारी बैठकले स्थानीय निर्वाचन तयारी, पार्टीको नियमावली, जनसंगठन सञ्चालन निर्देशिका निर्माण, स्थगित भएको प्रदेश र बाँकी जिल्ला अधिवेशन तथा विभागहरू गठनबारे छलफल केन्द्रीत रहने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यसअघि सोमबार बसेको पार्टीको केन्द्रीय कार्यलय बैठकले सचिवालयमा पेश हुने एजेण्डा तय गर्दै राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारप्रति भएको अन्तरघातबारे छानविन गरी कारवाही गर्ने निर्णय गरेको थियो ।
एमाले सचिवालयमा पार्टी अध्यक्षसहित १९ सदस्यीय सचिवालय रहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया