माधव नेपालले भने, ‘मिडियामा आएका कुराले दिमाग खराब नगरौं, कुनै हालतमा गठबन्धन टुट्दैन’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिडियामा आएका मनगढन्ते कुराले सत्तारुढ पाँच दलीय गठबन्धन नटुट्ने दावी गरेका छन् ।
एकीकृत समाजवादीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा बोल्दै नेता नेपालले चुनावसम्मै गठबन्धन कायम रहने बताए । यसमा कसैको पनि प्रयास सफल नहुने उनको दावी छ ।
साथै अहिले गठबन्धनलाई भत्काउने उद्देश्यका साथ मिडियामा दिमाग खराब गर्ने समाचारहरु आइरहेको बताए । यस्ता समाचारले गठबन्धन भत्काउन नसक्ने उनको भनाइ थियो ।
उनले भने, ‘अहिले मिडियामा आएका समाचार सुनेर कतिपयको दिमाग खराब भइराख्या छ । दिमाग खराब गर्न जरुरी छैन । मिडियामा आउने विषय मनगढन्ते भएकाले दिमाख खराब गरेर केही हुदैन ।’
उनले प्रचण्ड र देउवासँग आफ्नो छलफल भएको र यस्ता विषय मनगढन्ते भएको निष्कर्ष निकाल्दै गठबन्धनलाई थप मजबुत बनाउने प्रतिबद्धता गरेको बताएका छन् । ‘यी विषयमा भर्खर मात्र प्रचण्ड र देउवाजीसँग मेरो कुरा भयो । मिडियामा आएका यस्ता विषय के हुन् ? भनेर । तर, सबै मनगढन्ते कुरा भएको पाइएको छ । यस्ता कुराले गठबन्धन भत्काउन सक्दैन । स्थानीय चुनावसँग गठबन्धन एक भएरै जान्छ’ नेता नेपालले भने ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया