NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

प्रधानमन्त्रीको सचिवालय : आधा भरी, आधा खाली !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, केही समयअघि प्रधानमन्त्रीले भानु देउवालाई आफ्नो प्रमुख स्वकीय सचिव नियुक्त गरेका थिए ।

भानु प्रधानमन्त्रीका भाइ लोकबहादुर देउवाका छोरा हुन् । उनी पहिलेदेखि नै स्वकीय सचिव रहेका थिए तर औपचारिक रूपमा भने पछि नियुक्त भएका हुन् ।

यसैगरी, प्रधानमन्त्रीको आइटीविज्ञमा दिपेश विष्टलाई नियुक्त गरिएको छ ।

देउवाले कानुनतर्फ केशवराज जोशी र प्रशासनिक सल्लाहकारमा पूर्वगृहसचिव जनार्दन नेपाललाई सचिवालयमा नियुक्ति दिइसकेका छन् ।

कांग्रेस सभापति देउवा असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नियुक्त भएको पनि ६ महिना भइसकेको छ ।

यद्यपि, अझै पनि सचिवालयले पूर्णता पाएको छैन । बेला–बेला यसको आलोचनासमेत हुने गर्छ ।

प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार, प्रेस सल्लाहकारलगायत मुख्य पदमा भने प्रधानमन्त्रीले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेका छैनन् ।

यसका बीच गोविन्द परियारले प्रेसको जिम्मेवारी हेरिरहेका छन् ।

अहिले प्रधानमन्त्रीको सचिवालय आधार भरी र आधा खालीको अवस्थामा रहेको विश्लेषण गरिएको छ ।

को हुन् प्रधानमन्त्रीको भाषणविज्ञमा नियुक्ति पाएका गजुरेल ?

ताजा अपडेट

नेपालवाच विशेष