कमब्याक खेलमा गोल गरेपछि विमलको भावुक सन्देश : भोलि उदाउनकै लागि सूर्य अस्ताउने हो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले आफ्नो कमब्याक खेल सुखद भएकोप्रति भावुक सन्देश दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आज यस्तो सन्देश दिएका हुन् ।
गत शनिबार मरिससविरुद्धको पहिलो खेलमा विमलको एकमात्र गोलका मद्दतले नेपाल विजयी भएको थियो । उनले २७ महिनापछि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सोही खेलमा नै उनले निर्णायक गोल गर्न पुगे ।
विमलले त्यही गोल र सफलताप्रति लक्षित गर्दै आफ्ना समर्थक, सहकर्मी साथी र प्रशिक्षकलाई सम्झिएका छन् ।
‘सायद, सूर्य अस्ताउने भनेकै भोलि उदाउनका लागि हो ! निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो’, उनले फेसबुकमा लेखेका छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनमा पनि नेपालीहरूमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’
सन्देशमा विमलले मैदानमा नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रियगान गाउन पाउदाको क्षणलाई आफूले अरु कुनै कुरासँग पनि तुलना गर्न नसक्ने बताएका छन् ।
म्यानमारविरुद्ध ०७६ कात्तिक २१ गतेको मैत्रीपूर्ण खेलपछि विमल शनिबार पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा उत्रिएका थिए । उनले गोल त अझ झण्डै ४० महिनापछि गरेका हुन् ।
नेपालले मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल पनि १–० ले जितेकाे थियो । सुजल श्रेष्ठले गोल गरेका थिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया