एमाले बैठकका निर्णय : राष्ट्रियसभा चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीदेखि मुखपत्र निकाल्नेसम्म
काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रियसभामा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बिन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीशुब्बा गुरुङका अनुसार राष्ट्रियसभामा अन्तर्घात गर्नेलाई कारबाहीका लागि प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई निर्देशन दिइएको छ ।
यस्तै, बैठकले जनसंगठनका महाधिवेशनलाई निरन्तरता दिने निर्णय पनि गरेको गुरुङले बताए । पार्टीको नियमावली पारित गर्दै फागुनभरी सदस्यता नवीकरण अभियान चलाइने भएको छ ।
प्रत्येक सदस्यले तिर्ने शुल्कमध्ये केन्द्रमा ४० प्रतिशत, प्रदेश र जिल्लामा २५/२५ प्रदेश र जिल्ला कमिटीमा १० प्रतिशत रहने भएको छ ।
स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सातवटै प्रदेशमा प्रशिणमुलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जिल्ला अधिवेशन स्थानीय तहको निर्वाचनअघि नै सम्पन्न गर्ने र प्रदेश अधिवेशन भने स्थानीय तहको निर्वाचनपछि नै गर्ने निर्णय गरेको छ ।
गुरुङका अनुसार नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुखपत्रका रूपमा चौमासिक रूपमा निकाल्ने निर्णय पनि बैठकले गरेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया