६ महिनामै ११ लाख बढी ‘डिम्याट खाता’ थपिए, कुन प्रदेशमा कति ?

काठमाडौं । पछिल्लो समय सर्वसाधारणले शेयर बजारमा चासो बढाएसँगै डिम्याट खाता खोल्नेको संख्यामा पनि बृद्धि भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ३० हजार ४ सय ७५ पुगेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालू आर्थिक वर्षको साढे ६ महिनाको अवधिमा ११ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् ।
साउनदेखि माघ १६ गते आइतबारसम्म ११ लाख २ हजार ९ सय ८ जनाले डिम्याट खाता खोलेका हुन् । गत आव २०७७÷७८ को असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ९१ हजार ४५७ रहेको थियो ।
यो संख्या माघ १७ गतेसम्म बढेर ४८ लाख ३० हजार ४७५ पुगेको छ । गत आवमा मात्र २० लाख ६६ हजार ६९९ डिम्याट खाता खुलेका थिए ।
सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा
चालू आवको साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । उक्त अवधिमा यस प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् ।
यो सँगै हालसम्म बागमती प्रदेशमा १९ लाख ३८ हजार ६८७ डिम्याट खाता खुलेका छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ३१ हजार ८१८ मात्र डिम्याट खाता खुलेका छन् । यो प्रदेशमा हालसम्म १ लाख ३ हजार डिम्याट खाता खुलेका हुन्।
त्यस्तै, प्रदेश १ मा चालू आवको ६ महिनाको अवधिमा २ लाख २० हजार ९८८ डिम्याट खाता खुलेका छन् । यो प्रदेशमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ९ लाख १३ हजार ५७९ पुगेको छ ।
त्यसैगरी डिम्याट खाताको संख्या गण्डकी प्रदेशमा हालसम्म ६ लाख ६३ हजार ६०४, लुम्बिनी प्रदेशमा ५ लाख ३४ हजार ९, मधेश प्रदेशमा ४ लाख ६८ हजार २२३ र सुदूरपश्चिम प्रदेशमा २ लाख ७३ हजार १३७ ले डिम्याट खाता खोलेका छन् ।
त्यस्तै, एनआरएन तथा विदेशमा बस्ने नेपालीहरुले खोलेका कम्पनीबाट चालू आवको माघ १६ गतेसम्म १० वटा डिम्याट खाता खुलेका छन् ।
हालसम्म यस्ता व्यक्ति र कम्पनीहरुबाट १२४ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
ताजा अपडेट
-
फिफा क्लब विश्वकप भोलिदेखि, ३२ क्लब भिड्दै
-
बागलुङ दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
प्रतिक्रिया