गायक विष्णु खत्री पनि सक्रिय राजनीतिमा
काठमाडौं । चर्चित लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा लागेका छन् । उनी नेकपा माओवादी केन्द्र बाग्लुङ, गल्कोट नगरकमिटीको उपाध्यक्ष बनेका छन् ।
सर्वसम्मत उपाध्यक्षमा चयन भएका खत्रीलाई अर्का चर्चित लोकगायक बद्री पंगेनीले सामाजिक सञ्जालमा बधाइ दिएका छन् । उनी यसअघि पनि माओवादी केन्द्र नजिक नै थिए ।
तर, सक्रिय रुपमा राजनीतिमा लागेको भने यो पहिलो पल्ट हो । गत स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बन्ने कोशिस गरे पनि उनले पाएनन् ।
तर, नगरपालिका प्रमुखका लागि माओवादी पार्टीबाट उम्मेदवार सिफारिस पनि भएका थिए । अन्तिममा विष्णुलाई सहयोग गर्ने उम्मेदवार भएनन् ।
खत्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने कार्यक्रममा विरलै छुटाउँछन् । हरेक कार्यक्रममा गीत गाउन पुगेकै हुन्छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया