मलद्वारभित्र एक किलो सुन ! हिँड्न असजिलो भएपछि पक्राउ परे शेर्पा
काठमाडौं । मानिसले अपराधिक क्रियाकलाप या चोरी लुकाउन अनेक उपाय अपनाउँछन् । केही त सुन्दै असजिलो लाग्ने गरे पनि यस्ता उपाय अपनाउन पछि पर्दैनन् ।
यस्तै, एक घटना त्रिभुवन विमानस्थलमा बुधबार भएको छ । यूएईबाट एयर अरेबियाको विमानबाट त्रिभुवन विमानस्थल झरेका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीया दावा छिरिङ शेर्पालाई हिँड्न असजिलो भइरहेको थियो ।
उनको हिँडाई सामान्य यात्रुको भन्दा भिन्न थियो । असहज तरिकाले हिँडिरहेका शेर्पामाथि विमानस्थलबाटै प्रहरीले पिछा गर्न थाल्यो ।
पछि विमानस्थल प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले भने ।
प्रहरीले पेटभित्र सुन लुकाएको आशंका गरेको थियो । त्यसैले एक्सरे पनि गरियो । तर, पेटमा भने सुन देखिएन । केरकारपछि बरु एक किलो सुन शेर्पाको मलद्वारभित्र चाहिँ भेटियो ।
प्रहरीका अनुसार शेर्पाले सुनलाई अर्धठोस बनाएर मलद्वारमा लुकाएका थिए । उक्त सुनको तौल गर्दा एक किलो ५५ ग्राम पाइएको छ ।
उनलाई थप कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको विमानस्थलका भन्सार प्रमुख भट्टले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया