बीमा कम्पनीलाई कर्मचारीकाे शैक्षिक प्रमाणपत्र सात दिनभित्र बुझाउन निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ ।
समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको हो ।
‘कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण संलग्न बमोजिमको तालिका बमोजिम पत्र प्राप्त भएको मितिले सात दिनभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ’, निर्देशनमा उल्लेख छ ।
समितिकाअनुसार नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरूले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउनुपर्ने छ ।
कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता अन्तर्गत शैक्षिक योग्यता उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्वविद्यालयदेखि विद्यालयसम्मको विवरण तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउनु पर्ने छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया