बीमा कम्पनीलाई कर्मचारीकाे शैक्षिक प्रमाणपत्र सात दिनभित्र बुझाउन निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ ।
समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको हो ।
‘कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण संलग्न बमोजिमको तालिका बमोजिम पत्र प्राप्त भएको मितिले सात दिनभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ’, निर्देशनमा उल्लेख छ ।
समितिकाअनुसार नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरूले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउनुपर्ने छ ।
कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता अन्तर्गत शैक्षिक योग्यता उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्वविद्यालयदेखि विद्यालयसम्मको विवरण तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउनु पर्ने छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया