‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे । उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पूँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने काममा सक्रिय हुन उनले आग्रह गरे ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया