निरन्तरको वर्षाले दाङमा करोडौंको इँटामा क्षति
काठमाडौं । पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ ।
दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।
‘समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले हाम्रो इँटामा निकै क्षति पु¥यायो,’ उनले भने, ‘अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।’ पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उनको भनाइ छ ।
यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उनको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग बन्द हुने अवस्था आएको उनले बताए ।
यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३ नं इँटाको रु १० तोकिएको थियो । प्रत्येक इँटामा रु एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया