पशुपति क्षेत्रका फूल पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
पशुपति क्षेत्रको मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थल, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रमलगायत क्षेत्रमा अव्यवस्थित तवरले छाप्रो बनाई फूल उपहारजन्य पसल व्यवसाय गर्ने बसोबास गर्ने कार्यबाट पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्न गएको कोषको धारणा छ ।
उक्त कार्यले भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै कोषले फूल–उपहार पसल र टहरा हटाउन निर्देशन दिएको हो ।
१५ दिनभित्र उक्त क्षेत्रबाट फूल–उपहार पसल र टहरा नहटाएको खण्डमा कोष आफैले हटाउन बाध्य हुने जारी सूचनामा उल्लेख गरेको छ ।
साथै आ–आफ्नो घर टहरोले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्ड विपरित मूलसडक तथा सडकमा हिँड्ने पैदलयात्रुहरूलाई असर पर्ने गरी राखिएका पाली टहरा, नाङ्ले पसल पनि हटाउनका लागि कोषले सूचना जारी गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया