रामेछापमा थप ९ जनामा कोरोना पुष्टि
पुष्कर खड्का (रामेछाप) – रामेछापमा शनिबार(आज) थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २० जना पुगेको छ ।
शनिबार २७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए।
अधिकृत थापाका अुनसार मन्थली नगरमा १३, रामेछापमा ३४, उमाकुण्ड गाउँपालिकामा १०, खाँडादेवी गाउँपालिकामा १५, गोकुलगङ्गा गाउँपालिकामा ६, लिखुतामाकोसी गाउँपालिकामा २१, दोरम्बा सैलुङ गाउँपालिकामा १ र सुनापति गाउँपालिकामा ११ जना गरी १११ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
यसैगरी जिल्ला अस्पतालमा ६, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा १ जना गरी ९ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा त्यसैगरी जिल्ला अस्पतालमा १६, उमाकुण्ड गाउँपालिकामा २, लिखुतामाकोसी गाउँपालिकामा ८ र सुनापति गाउँपालिकामा १ जना गरी २७ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया