तेस्रो भयो आयोजक क्यामरुन
काठमाडौं । आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।
गएराति भएको खेलमा बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै क्यामरुन तेस्रो भएको हो ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । जसमा क्यामरुनले बाजी मार्यो ।
पेनाल्टीमा आयोजक क्यामरुनका भिन्सेन्ट अबुबाकर, मौमी एनगामलेउ, कार्ल टोको, पिएरे कुन्डो र एमब्रोइसले गोल गरे ।
बुर्किना फासोका इसा काबोरे, सोउमैला क्वाटरा र स्टिभ योगाले गोल गरे पनि ब्लाटी टुरे चुक्न पुगे ।
पेनाल्टीअघि क्यामरुनका अबुबाकरले दुई तथा स्टेफन बहोकेनले एक गोल गरेका थिए ।
बुर्किना फासोका स्टिभ योगा, डिज्ब्रिल क्वाटराले एक–एक गोल गरे भने क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल उपहार दिएका थिए ।
उपाधि लागि आज राति इजिप्ट र सेनेगल भिड्दैछन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया