देउवा र प्रचण्डले एमसिसीलाई पठाएको पत्रमा के छ ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको पत्र बाहिरिएको छ ।
उक्त पत्रअनुसार देउवा र प्रचण्डले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गराउन प्रतिबद्धता जाहेर गरेको पाइएको छ ।
देउवा र प्रचण्डले एमसिसी नेपालको संसद्बाट पारित गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यो पत्र चार महिनाअघि नै अमेरिकालाई पठाइएको बताइएको छ ।
जसअनुसार फेब्रअरी २८ अर्थात आगामी फागुन १६ गतेभित्रै एमसिसी पारित गराउनु पर्नेछ ।
हालै एमसिसीले सरकारलाई पत्राचार गरेर देउवा र प्रचण्डले गरेको लिखित प्रतिबद्धताबारे स्मरण गराएको छ । यसले उनीहरूलाई एमसिसी पारित गराउन दबाब सिर्जना भएको बताइएको छ ।
एमसिसीबारे सत्ता गठबन्धनकै दलभित्र सहमति नजुटेपछि यतिबेला सरकार अफ्ठयारोमा परेको छ ।
गत कात्तिकमा प्रधानमन्त्री देउवा जलवायुसम्बन्धी सम्मेलनममा भाग लिन बेलायत गएका थिए । त्यहाँबाट फर्कने क्रममा उनले एमसिसीबारे आफू र प्रचण्डले संयुक्त पत्र पठाएको बताएका थिए ।
के छ पत्रमा ?
– एमसिसीबाट प्राप्त स्पष्टीकरणबारे सत्ता गठबन्धनका साझेदार तथा आ–आफ्ना पार्टीका सदस्यबीच छलफल गराउनेछौं ।
–देउवा र प्रचण्डले एमसिसी कार्यान्वयनका चुनौती र भ्रम चिर्ने प्रतिबद्धता जनाएका छन् । जसका लागि नेपाल सरकारको साधन स्रोतबाट नेपाली जनतामा सन्देश प्रवाह गर्नेछौं भनेका छन् ।
–सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूको संयुक्त पत्रकार सम्मेलन गरेर एमसिसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्ने उनीहरूको प्रतिबद्धता छ । साथै, सरकारी सञ्चारमाध्यमबाट एमसिसीबारे सही सूचना प्रवाह गराउने उनीहरूले जनाएका छन् ।
–सभामुखलाई एमसिसी सम्झौता संसद्मा टेबल गर्न संयुक्त रूपमा आग्रह गर्नेछौं ।
–एमसिसी सम्झौतालाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न एमसिए नेपाललाई प्रोत्साहन गर्नेछौं ।
– यी काम गरेपछि ४-५ महिनाभित्र एमसिसी पारित गर्न आवश्यक पर्ने संसद्को बहुमत हासिल हुने विश्वास देउवा र प्रचण्डको रहेको छ । यही प्रतिबद्धता उनीहरूले अमेरिकासँग व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया