प्रचण्डले सोधे : पत्र किन बाहिर ल्याएको ? देउवाको जवाफ : मैले होइन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ । संसादमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको स्रोतले जनाएको छ ।
प्रचण्ड र श्रेष्ठले एमसिसीबारे अमेरिकालाई पठाएको पत्र बाहिर ल्याएकोमा आपत्ति जनाएको थिए । जवाफमा देउवाले पत्र आफूले सार्वजनिक नगरेको दाबी गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकालाई पठाएको पत्र आजैमात्र बाहिरिएको छ ।
उक्त पत्रअनुसार देउवा र प्रचण्डले अमेरिकी सहयोग नियोग एमसिसी संसद्बाट पारित गराउन प्रतिबद्धता जाहेर गरेको पाइएको छ ।
देउवा र प्रचण्डले एमसिसी नेपालको संसद्बाट पारित गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यो पत्र चार महिनाअघि नै अमेरिकालाई पठाइएको बताइएको छ ।
एमसिसीबारे सत्ता गठबन्धनकै दलभित्र सहमति नजुटेपछि यतिबेला सरकार अफ्ठयारोमा परेको छ ।
यसैबीच, बालुवाटारबाट निष्केको झण्डै सात महिनापछि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
एमसिसी पास र स्थानीय तह निर्वाचनको विषयमा सत्ता गठबन्धन दलहरूबीच मतभेद चुलिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई बोलाएका हुन् ।
ओलीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अपरान्त ४ बजे छलफलका लागि प्रधानमन्त्रीले बोलाएका छन् । ‘दिउँसो ४ बजेका लागि भेटघाट गर्न प्रधानमन्त्रीले अध्यक्षलाई बोलाउनुभएको छ’, उनले भने, ‘एमसिसी, स्थानीय चुनाव तथा समसामायिक राजनीतिक विषयमा छलफल गर्न बोलाउनुभएको हो । ४ बजे प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटार जानुहुन्छ ।’
सत्ता गठबन्धनबीच फाटो भइरहेको बेला देउवालाई भेट्न ओली बालुवाटार जान तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया