मधेस सरकारमा एक राज्यमन्त्री थपिए

जनकपुर । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ । प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ ।
नवनियुक्त राज्यमन्त्री यादवलाई आज प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराए ।
यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् ।
योसँगै अब मधेस सरकारको मन्त्री मण्डल १४ सदस्यीय भएको छ । मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया