मधेस सरकारमा एक राज्यमन्त्री थपिए
जनकपुर । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ । प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ ।
नवनियुक्त राज्यमन्त्री यादवलाई आज प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराए ।
यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् ।
योसँगै अब मधेस सरकारको मन्त्री मण्डल १४ सदस्यीय भएको छ । मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया