एमसिसीबारे स्पष्ट धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा
काठमाडौं । एमसिसीबारे स्पष्ट धारणा बनाउन भन्दै माओवादी केन्द्रका नेताहरूले आन्तरिक छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्न लागेको बताइएको छ ।
आजैमात्र पधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन संवाद भएको छ । संसादमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको स्रोतले जनाएको छ ।
प्रचण्ड र श्रेष्ठले एमसिसीबारे अमेरिकालाई पठाएको पत्र बाहिर ल्याएकोमा आपत्ति जनाएको थिए । जवाफमा देउवाले पत्र आफूले सार्वजनिक नगरेको दाबी गरेको उनको सचिवालयले जनाएको छ ।
यसैबीच, बालुवाटारबाट निष्केको झण्डै सात महिनापछि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
यो भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बताइएको छ । तर, यसको आधिकारिक पुष्टि भएको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया