NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी

काठमाडौं । एमसिसी र स्थानीय चुनावको मितिबारे छलफल गर्न विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

प्रधानमन्त्रीका स्वकिय सचिव भानुदेउवाका अनुसार छलफलमा सहभागी हुन एमालेबाट अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कर्की सहभागी छन् ।

माओवादी केन्द्रबाट प्रचण्ड एक्लै बालुवाटर पुगेका छन् । एमसिसी, स्थानीय तहको चुनाव लगायत राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले दुवै नेतालाई बोलाएका थिए ।

एमसिसीसम्बन्धमा प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्तरूपमा गरिएको पत्रचार आइतबार मिडियामा सार्वजनिक भएपछि सत्तागठबन्धन दलहरूबीच सम्बन्धमा दरार पैदा भएको छ । विपक्षी एमाले पर्ख र हेरको रणनीतिमा रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष