शीर्ष तीन दलको बैठक सकियो, एमसिसी चुनावपछि धकेल्न प्रचण्डको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षले संसद खुला गर्ने वा एमसिसीलाई चुनावपछि धकेल्ल्न प्रस्ताव गरेका छन् ।
एमसिसी र स्थानीय तहको चुनावबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बोलाएका थिए ।
बैठकमा राष्ट्रियताको विषयमा सबै दलको एउटै दृष्टिकोण हुनु पर्ने, एमालेले कारावााही गरेका १४ सांसदलाई सभामुखले निष्कासन गरे एमाले संसद खोल्न तयार रहेको एमाले माहासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
‘एमसिसीको विषयमा सत्तापक्षका नेताहरूले भ्रम छरेका छन् । बाहिर एउटा कुरा गर्ने भित्र अर्को कुरा गरेर राष्ट्रलाई अनिर्णयको बन्दी बनाएका छन्,’ बैठकको निर्णयबारे बालुवाटारमा उपस्थित सञ्चारकर्मीलाई जानकारी दिँदै पोखरेलले भने, ‘राष्ट्रियताको विषयमा प्रतिपक्ष वा सत्तापक्ष एउटै भएपनि सत्तापक्ष क्लियर नभएसम्म प्रतिपक्षले जवाफ दिनु हतार हुनेछ ।’
उनले एमालेले राखेको मागबारे सत्तापक्ष सकारात्मक भए संसदको अवरोध हटाउन आफुहरू तयार भएको अध्यक्ष ओलीले बताएको पोखरेलले जानकारी दिए ।
एमसिसी बोर्डलाई प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रूपमा गरेको हस्ताक्षर सार्वजनिक भएपछि प्रधानमन्त्री देउावाले तीन दलको बैठक बोलाएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया