NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

मूर्ति चोरीको अभियोगमा कैद सजाय पाएकालाई माओवादीले बनायो मन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मूर्ति चोरीका अभियुक्त छिरिङ्ग छिरिङ दमडुल लामा उर्फ कार्चेन लामालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।

आइतबार आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिँदै शाहीले मूर्ति चोरीका अभियुक्त कार्चेनलाई माओवादी कोटाबाट मन्त्री नियुक्त गरेका हुन् ।

गैरसांसद समेत रहेका कार्चेन नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवाना पाएका व्यक्ति हुन् ।

लामाले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो मूर्ति चोरेका थिए । यो अभियोगमा उनीसँगै छिरिङ पाल्देन लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

०४९ मंसिर १४ गते यही अभियोगमा उनीविरुद्ध जिल्ला अदालत हुम्लामा मुद्दा दायर भयो । जिल्ला अदालत हुम्लाका तत्कालीन न्यायाधीश नीलकण्ठ उपाध्यायले ०५१ मंसिर २५ गते यसबारे फैसला गर्दै दुवै अभियुक्तलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

लामाले ०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको बताइन्छ । कैद भुक्तान लगत्तै उनले माओवादीमा प्रवेशको रुचि देखाए, माओवादीले रेड कार्पेट ओछ्याएर स्वागत गर्‍यो ।

माओवादीले सञ्चालन गरेको प्रत्यक्ष जनयुद्धमा सहभागी कैयन् मन्त्रीका लागि लायक हुँदाहुँदै अदालतबाट कैद सजाय सुनाइएका व्यक्तिलाई मन्त्री नियुक्त गरिएपछि माओवादीमा असन्तुष्टि बढेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष