परिवारका चार सदस्यको हत्यापछि आफैंलाई गोली हानेर केभिनले गरे आत्महत्या
काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा एक युवाले आफ्नै परिवारका ४ वर्षीय बालकसहित सौतेनी बुबा, ६१ वर्षीया आमा र अन्य एक गरी ४ जनाको हत्या गरेका छन् ।
हत्यापछि उनी आफैंले पनि आफूमाथि गोली प्रहार गरेर आत्महत्या गरेका छन् । कोर्सिकाना प्रहरीका अनुसार ९११ मा कसैले खबर गरी बन्दुकधारीले उनको परिवारका सदस्यहरूलाई मारेको बताएका थिए ।
अधिकारीहरूले घटनास्थलमा दुई जनाको शव फेला पारेका थिए । उक्त स्थानमा दुई थप बन्दुकको गोली लागेका व्यक्तिहरू भेटिए र उनीहरूलाई अस्पताल लगिएको थियो ।
४१ वर्षीय केभिन मिलाजोले परिवारमा गोली हानी अरूको हत्या गरेको र पछि आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए ।
घाइतेहरुको नाम र अवस्था तत्काल नखुलाइएको सिएनएनले लेखेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया