लोलाङ हाइटमा डिशहोम फाइवरनेटको सह–वितरण सोरुम
काठमाडौं । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
माघ २३ देखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक्स ट्रेडर्सले गर्नेछ ।
सोरुम उद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रिक्स ट्रडेर्सले अब डिशहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक्स ट्रेडर्सले अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि नयाँ सोरुमले सहयोग गर्ने बालाजु इलेक्ट्रिक्स ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया