मेसीको गोलसँगै पिएसजीको सहज जित, १३ अंकको अग्रता
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा पिएसजीले लिललाई ५–१ गोल अन्तरले हराएको हो ।
खेलको १० औँ मिनेटमा डानिलो पेरिएराले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । यद्यपि, २८ औं मिनेटमा स्भेन बोटम्यानले गोल गर्दै लिललाई १–१ को बराबरीमा फर्काए ।
त्यसपछि खेलको ३२ औं मिनेटमा प्रेसनल किमपेम्बेले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । उनले लियोनल मेसीको पासलाई सदुपयोग गरेका हुन् ।
त्यसपछि मेसी आफैंले गोल गर्दै पिएसजीलाई ३–१ ले अघि बढाए । उनले ३८ औं मिनेटमा गोल गरेका हुन् ।
खेलको ५१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमको अग्रता ४–१ को अवस्थामा पुर्याए ।
त्यसपछि पनि पिएसजी रोकिएन । खेलको ६७ औं मिनेटमा डानिलोले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ५–१ को सहज जित दिलाए ।
यस जितसँगै जारी लिगमा पिएसजीले १३ अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको पिएसजीले २३ खेलमा ५६ अंक जोडेको छ भने पराजित भएको लिल ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया