न्यायाधीश नियुक्ति गर्नका लागि बोलाइएको न्याय परिषद्को बैठक स्थगित

काठमाडौं । न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आजका लागि बैठक बोलाएका थिए । तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित भएको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
ताजा अपडेट
-
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
-
नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
-
पहाडी र हिमाली भागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
प्रतिक्रिया