बाक्लो हिमपातले ३६ जना पाटनका ओडारमा फसे, उद्धार गर्न गएको हेलिकप्टर चाउचाउ फालेर फर्कियो
मानबहादुर कुवँर
जुम्ला: जडीबुटीबाट जति राम्रो आम्दानी हुन्छ, त्यति सहज छैन यो क्षेत्र । यसका लागि अनकन्टार पाटनमा कठिन परिस्थितिको सामना गर्नुपर्दछ । अहिले जुम्लाका तीन दर्जन नागरिक पाटनमै थुनिएका छन् ।
वर्षभरीको घरखर्च जोहो गर्न पाटन पुगेकाहरू बाक्लो हिमपातका कारण त्यहिँ थुनिएका हुन् । यसैक्रममा एक महिलाले त चिसोका कारण ज्यान गुमाइसकेकी छिन् । तातोपानी गाउँपालिका ८ की देवी शाहीको जुडीबुटी कोरेर बासस्थानमा फर्किने क्रममा ८ नम्बर वडाको इमिल्चामा ज्यान गएको हो ।
अहिले तातोपानी–८ को गाग्रा लेकमा ३६ जना फसेका छन् । प्रदेश सरकारले उनीहरूका लागि तत्काल खाद्यान्न भने हेलिप्टरमार्फत पठाएको छ । तर, उनीहरू त्यो कठिन स्थितिबाट कसरी उम्किन्छन् भन्ने कुनै टुंगो छैन ।
उद्धारका लागि गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि साथमा लिएको खाद्यान्न उनीहरू बसिरहेको स्थानमा खसालेर फर्किएको छ । सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरले पाटनमा थुनिएका ३६ जनाका लागि तीन स्थानमा खाद्यान्न खसालेको हो ।
जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार तत्काल भोकबाट बचाउनका लागि खाद्यान्न खसालेर हेलिकप्टर फिर्ता आएको छ ।
गाग्रा पाटन, एडी ओडार र खोटेसल्लामा जडीबुटी कोर्नेहरू बसिरहेका छन् । अवतरण गर्न नसक्दा उद्धार नभएको प्रसाईंको भनाइ छ ।
गाग्रामा पुगेका स्थानीय सुरत शाहीले दिएको जानकारी अनुसार हेलिकप्टरबाट हेर्दा तल जडीबुटी सुकाएको देखिन्थ्यो । छोटो कुराकानीसमेत भएको छ । अहिले सकुशल भए पनि तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।
पालिकासँग सल्लाह गरेर उनीहरूको उद्धारबारे निर्णय लिइने प्रजिअ प्रसाईंले जानकारी दिइन् ।
उनीहरूका लागि चिउरा, दालमोठ, चाउचाउ लगायतका खानेकुरा पुर्याइएको छ । उनीरूलाई फर्काउने भने मौसम प्रतिकूलताका कारण हेलिकप्टर अवतरण हुने सकेन ।
उक्त क्षेत्रमा पुग्द तातोपानी–८ टोप्लाबाट एक दिनको पैदल दूरी लाग्छ । सेतक चिनी (खिरौंलो) कोर्न उनीहरू पाटन गएका थिए ।
यस्तै हिमपातकै कारण एक अर्का व्यक्तिको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गोठालोबाट फर्किँदै गरेका बारा गाउँका ४२ वर्षीय मुन रावतको हिउँले कठ्यांग्रिएर मृत्यु भएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया