सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु
कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार चौधरीको नौ दिनअघि दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।
“काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”
पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उनले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया