प्रक्रिया पूरा गरेर अध्ययनका लागि विदेश जान गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सह–सचिव फणीन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी ठगिएको एवं अलपत्र परेको भन्दै सम्बन्धित देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अध्ययनमा जान आग्रह गरेका हुन् ।
गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृत रूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृत रूपमा इजाजत नलिई अनलाइन रूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैध रूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले निगरानी बढाएको बताएको छ ।
प्रवक्ता पोखरेलले गैरकानुनी रूपमा काम गरेका व्यक्ति एवं संस्थामाथि नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली कूटनीतिक नियोगमा जानकारी, सूचना वा उजुरी दिन आग्रहसमेत गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया