नर्स लाइसेन्सको परीक्षा मिति सार्वजनिक
काठमाडौं । नर्सको लाइसेन्स परीक्षा आउँदो चैत्र १२ गते हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले मंगलबार (आज) एक सूचना जारी गर्दै परीक्षाको मिति सार्वजनिक गरेको हो ।
परीक्षामा सामेल हुने परीक्षार्थी प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उत्र्तीण हुनुपर्नेछ । बीएमएस पास गरेकले पनि लाइसेन्स परीक्षामा सामेल भएर प्रमाणपत्र लिन सक्ने सूचनामा उल्लेख छ ।
परीक्षार्थीले माघ २६ गतेदेखि फागुन २६ गतेभित्र अनलाइन फर्म बुझाइसक्नुपर्ने छ । परीक्षा शुल्क नर्सको हकमा तीन हजार एक सय रूपैयाँ र विलम्ब शुल्क ६ हजार एक सय रूपैयाँ बुझाउनुपर्ने छ । परीक्षा बिहान ९ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने परिषदले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया