१६ अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से १६.३० अंकले ले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २३० कम्पनीका १२ लाख ५३ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमुहको ५ उपसमूहबाहेका बाँकी उपसमूहको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी इन्भेष्टमेन्ट र हाइड्रोपावरको सेयरमूल्य १.५४ प्रतिशतले घटेको छ । आज बढेको उपसमूहको सेयरमूल्य १ प्रतिशतभन्दा कम छ ।
यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत घटेको छ ।
म्युचल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया