NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

१६ अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से १६.३० अंकले ले घटेर २८३५.५८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २३० कम्पनीका १२ लाख ५३ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहको ५ उपसमूहबाहेका बाँकी उपसमूहको सेयरमूल्य घटेको छ । आज सबैभन्दा बढी इन्भेष्टमेन्ट र हाइड्रोपावरको सेयरमूल्य १.५४ प्रतिशतले घटेको छ । आज बढेको उपसमूहको सेयरमूल्य १ प्रतिशतभन्दा कम छ ।

यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंकको १.०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत घटेको छ ।

म्युचल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ ।