NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना छनोट

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये पाँच जनाको नाम छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले ५ जनाको नाम छनोट गरेको हो ।

छनोटमा पर्नेहरूमा नीरज गिरी, कृष्णराज पोखरेल, रमेश हमाल, डा. गोपाल भट्ट र खगेन्द्र कटुवाल रहेका छन् । छनोटमा परेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।

त्यस्तै, कटुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भने गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् । छनोटमा पर्ने पाँचजना मध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइनेछ ।

सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।