धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जना छनोट
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये पाँच जनाको नाम छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले ५ जनाको नाम छनोट गरेको हो ।
छनोटमा पर्नेहरूमा नीरज गिरी, कृष्णराज पोखरेल, रमेश हमाल, डा. गोपाल भट्ट र खगेन्द्र कटुवाल रहेका छन् । छनोटमा परेका हमाल पूर्व गैरआवासीय नेपाली हुन् भने भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
त्यस्तै, कटुवाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् भने गिरी बोर्डकै बहालवाला कार्यकारी निर्देशक र पोखरेल उपकार्यकारी निर्देशक हुन् । छनोटमा पर्ने पाँचजना मध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइनेछ ।
सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया