चुनावतिर एमालेको ध्यान, यस्ता छन् तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीको नाममा पत्र जारी गर्दै चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
निर्वाचन आयोगको परामर्शमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० मा चुनावको मिति घोषणा गरेको थियो । चुनावको तयारीबारे जानकारी दिँदै प्रचार विभागका उपप्रमुख विष्णु रिजालले चुनावको तयारीमा जुट्न पार्टीको तर्फबाट सातै प्रदेशलाई निर्देशन दिइसकेकाले पार्टीका सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित हुने बताए ।
‘विभिन्न बहानामा चुनाव नगराउने सरकाको षड्यन्त्रलाई एमालेको निरन्तर दबाब र जनताको विरोधका कारण वैशाखमा चुनावको मिति घोषणा गर्न बाध्य भएको छ’, रिजालले भने, ‘चुनावी माहोल तयार पार्न र एमालेको पक्षमा परिणाम ल्याउने हिसाबले पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्छौं ।’
सातै प्रदेशमा दुई दिने कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा भर्चुअल माध्यमबाट कार्यक्रम उद्घाटन गर्ने जारी निर्देशनमा उल्लेख छ । निर्वाचन मिति घोषणा भएसँगै सातै प्रदेशमा चुनावी माहोल तातिएको छ ।
यस्ता छन् प्रशिक्षणका विषयहरू :
–दसौं राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
– सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
– स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
– स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु
प्रशिक्षण कार्यक्रमका सहभागीहरू
– प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरू
– प्रदेश कमिटी पदाधिकारीहरू
– प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू
– प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइन्चार्जहरू
– प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरू
– सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरू
– नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
– नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरू
– पालिका पार्टी कमिटीका अध्यक्षहरू
प्रशिक्षणको समय तालिका र स्थान :
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल÷दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
समय
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म
प्रतिक्रिया