एमसिसी खारेज नगरे विप्लवले कडा आन्दोलन गर्ने
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित २२ साना वाम दलले अमेरिकन सहयोग परियोजना अमेरिकन मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) खारेज गर्न माग राख्दै आज विरोध प्रदर्शन गर्ने भएको छ ।
दिउँसो १ बजे माइतीघर मण्डलामा जम्मा भई र्यालीसहित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर कोणसभामा केन्द्रित रहने विप्लव नेतृत्व नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
‘आजको कार्यक्रम संसद् भवन घेराउन गर्ने कार्यक्रम रहे पनि बैठक स्थगित भएकाले कोण सभा गरेर विरोध प्रदर्शन गर्नेछौं,’ विरहीले भने, ‘हामी कुनै हालतमा पनि राष्ट्रघाती एमसिसी पास गर्न दिँदैनौं ।’
मुख्य दलका शीर्ष नेतृत्व नै एमसिसी पारित गर्न तयारी गरेकाले त्यसविरुद्ध देशव्यापी आन्दोनल चर्काउने उनले बताए । एमसिसीले नेपालको राष्ट्रियतामाथि आँच आउने भएकाले तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो ।
विरोधन प्रदर्शन कार्यक्रममा विप्लव नेकपा, वैद्य नेतृत्वको नेकपा माओवादी(क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी लगायत २२ दल सहभागी रहनेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया