सुनको मूल्य लगातार उकालो
काठमाडौं । सोमबारयता सुनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँ, मंगलबार ५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज तीन रुपैयाँ बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी मंगलबार ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी सोमबार र मंगलबार ५/५ रुपैयाँले बढेको थियो । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया