NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

थापापछि पूर्वकोषाध्यक्ष पौडेल र गुरुङले पनि छोडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पूर्वअध्यक्ष कमल थापा मंगलबार अलग भएका थिए । उनकै पदचाप पछ्याउँदै अन्य द्ुईजनाले पनि पार्टी छोडेको घोषणा गरेका छन् ।

राप्रपा छोडेको घोषणा गर्नेमा संस्थापक नेताद्वय उद्धव पौडेल र चन्द्र गुरुङ छन् । उनीहरू थापा पक्षीय नेता भएको बताइएको छ ।

उनीहरू दुवैले सामाजिक सञ्जालमार्फत राप्रपा छोड्ने घोषणा गरेका हुन् । पार्टी छोडे पनि उनीहरूले ठूलो कारण भने खुलाएका छैनन् । यद्यपि, पूर्वकोषाध्यक्षसमेत रहेका पौडेलले भने पार्टी छोड्नुपर्दा दुःखी र भावुक बनेको बताएका छन् ।

‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुःखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस्’, उनले लेखेका छन् ।

यस्तै गुरुङले राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहने बताएका छन् ।

‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस्’, उनले लेखेका छन् ।

पौडेल चलचित्र निर्माता पनि हुन् ।

समाधान खोज्ने अन्तिम प्रयास भइरहेका बेला कमल थापाको पार्टी छोडे : राजेन्द्र लिङ्देन