नेपाल आयो फोर्स गुर्खा, कति छ मूल्य ?
काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयुभी नेपाल आइपुगेको छ । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले गुर्खा अफरोड एसयुभी नेपाल ल्याएको हो ।
यसको मूल्य करिब ७२ लाख हाराहारी पर्ने अनुमान गरिएको छ । अहिले परीक्षणका लागि एक युनिट मात्रै नेपाल आइपुगेको गुर्खा केही दिनको परीक्षणपछि बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट बिक्री सुरु हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
विशेषत, अफरोड एसयुभी मनपराउने ग्राहक लक्षित गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार, सुजुकी जिम्नीजस्ता मोडलसँग हुने देखिन्छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्विलजस्ता फिचर समावेश गरिएको छ ।
बल्की डिजाइन, टु ह्विल र फोर ह्विल ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबिएस, इबिडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । साथै, नयाँ ड्यासबोर्ड, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया