नेपाल आयो फोर्स गुर्खा, कति छ मूल्य ?
काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयुभी नेपाल आइपुगेको छ । हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले गुर्खा अफरोड एसयुभी नेपाल ल्याएको हो ।
यसको मूल्य करिब ७२ लाख हाराहारी पर्ने अनुमान गरिएको छ । अहिले परीक्षणका लागि एक युनिट मात्रै नेपाल आइपुगेको गुर्खा केही दिनको परीक्षणपछि बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ । विशेषत अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट बिक्री सुरु हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
विशेषत, अफरोड एसयुभी मनपराउने ग्राहक लक्षित गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार, सुजुकी जिम्नीजस्ता मोडलसँग हुने देखिन्छ । नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्विलजस्ता फिचर समावेश गरिएको छ ।
बल्की डिजाइन, टु ह्विल र फोर ह्विल ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबिएस, इबिडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ । साथै, नयाँ ड्यासबोर्ड, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम यसमा पाउन सकिन्छ ।
ताजा अपडेट
-
सुहाङ नेम्वाङले आज सांसदको शपथ लिँदै
-
मौसममा एकसाथ तीन वायुको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
आज मातातीर्थ औँसी, आमाप्रति आदर र सम्मान गरेर मनाइँदै
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
प्रतिक्रिया