NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पुलिससँग हारेपछि च्यासललाई रेलिगेसनको दबाब (अंक तालिकासहित)

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबमाथि जित हात पारेको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासललाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन् ।

खेलको ५२औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको ७०औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । यस जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिको दशौँ स्थानमा उक्लिएको छ ।

समान नौ खेल नै खेलको च्यासल पाँच अङ्क जोडेर अङ्क तालिकाको १३आँंै स्थानमा रहेको छ । यस हारसँगै च्यासललाई रेलिगेसनको दबाब भने बढेको छ ।

हेरौं अंक तालिका :

No photo description available.