मिश्र र निर्वाचन आयोगविरुद्ध पाण्डेले हाले सर्वोच्चमा मुद्दा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्रले कारबाही गरेका मिलन पाण्डेले उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । मिश्रले पार्टीको विधान र संविधानविरोधी दस्तावेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको भन्दै उनले आज सर्वोच्चमा रिट हालेका हुन् ।
साथै, पाण्डेले मिश्रमाथि पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने तथा सम्झौतापत्र अनुरुप एकता महाधिवेशन छल्नेजस्ता आरोप लगाएका छन् ।
त्यस्तै, पाण्डेले मिश्रले पेश गरेको अप्रमाणित माइन्यूट अभिलेख गरेको भन्दै निर्वाचन आयोगविरुद्ध पनि रिट दिएका छन् ।
‘विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डेलाई गरिएको कारबाही बदर गर्न, विधान र प्रक्रियाको आधारमा पार्टी सञ्चालन गर्न गराउन विपक्षीहरूका नाममा परमादेश माग गरिन्छ’, रिटमा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया