कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीबीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा प्रकाशशरण महतले बताए ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने उनको भनाइ थियो ।
कांग्रेसले यही माघ २७ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन । यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया