NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

के मेसीले विश्वकप छनोटका आगामी खेल खेल्लान् ?

काठमाडौं । गत महिना अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनोटका लागि टिम घोषणा गरे । २६ सदस्यीय टोलीमा उनले नियमित कप्तान लियोनल मेसीलाई भने समावेश गरेनन् ।

जनवरी २७ र फेब्रुअरीमा १ मा भएका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिएको हो ।

कप्तान मेसीलाई क्रिसमसपछि कोरोना भाइरस संक्रमण भएको थियो । साथै, अर्जेन्टिना पनि पाँच खेल खेल्नुअघि नै यसै वर्ष कतारमा हुने विश्वकपमा छनोट भइसकेको थियो ।

Messi clear to lead Argentina against Paraguay in World Cup qualifier

स्वयम् मेसीले पनि अहिले क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि समय दिन चाहेको बताएका थिए । यसर्थ, प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीलाई आराम दिए ।

मेसीबिना नै उत्रिएको अर्जेन्टिनाले दुवै खेल जित्यो । अब फेरि अर्जेन्टिनाले आगामी मार्चमा दुई खेल खेल्दैछ ।

ती खेल भेनेजुएला र इक्वेडरविरुद्ध हुँदैछ । ती खेलमा भने मेसी सहभागी हुने प्रशिक्षक स्कालोनीलाई उदृत गर्दै अर्जेन्टिनी फुटबल वेब साइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष