एकीकृत समाजवादीले एमसिसीविरुद्ध देशभर प्रदर्शन गर्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आज बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।
फागुन १ गते देशभर एकैपटक एमसिसीको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरिएको मोर्चा संगठन प्रमुख विजय पौडेलले जानकारी दिए ।
विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरूलाई तयारीमा जुट्न निर्देशनसमेत दिने निर्णय बैठकले गरेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया