NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सवारीसाधनमा प्रदुषण मापदण्ड युरो– ६ को मापदण्ड कार्यान्वयन गर्न नाडाको माग

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष ध्रुव थापाले वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसँग भेट गरी नेपालमा सवारी प्रदुषण मापदण्ड युरो– ६ को कार्यान्वयन गर्न माग गरेका छन् ।

No description available.

थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरूमा युरो– ६ लागू गर्न नाडा सकारात्मक रहेको बताउँदै यसका लागि पूर्वाधार निर्माणको काम चरणबद्ध रुपमा लागु गर्नुपर्ने बताएका थिए ।

साथै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरी निजी सवारीसाधनको करमा हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु म्यालु रेसियो बढाउन माग गरेको छ । हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्न माग गरेको हो ।

यसअघि १० प्रतिशतको व्यवस्थाले सवारीसाधनको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै यसको मूल्यसमेत बढ्न गइ उपभोक्तालाई समेत असर परेको नाडाको भनाइ थियो ।

त्यसैले, पूर्व व्यवस्थाअनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिनसमेत अनुरोध गरिएको छ । साथै, उपाध्यक्ष श्रेष्ठले एलसी मार्जिनका लागि राखेको धितो रकममा बैंकहरूले व्यवसायीलाई ब्याज दिने व्यवस्थाका लागि अनुरोध गरेको छ ।

त्यसैगरी, नाडाले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भेट गरी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्यालगायत ७०औं विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ ।

जसमा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी करसम्बन्धी तालिम सम्पन्न गर्ने, बिक्रीको विलिङ्ग एचएस कोड मै गरिनुपर्ने लगायतका विभिन्न विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडा प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटी एजेन्सी, फर्म दर्ता एवं नवीकरणलगायत आधिकारिक विक्रेताले मात्र अटोमोवाइल वस्तुहरू आयात गर्न पाउने व्यवस्थाबारे छलफल गर्दै सो सम्बन्धमा पत्रसमेत बुझाएको नाडाले जनाएको छ ।