प्रचण्डको प्रस्ताव : गठबन्धन गरौं, शेखरको जवाफ : म यसको पक्षमा छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहान खुमलटार गएका थिए ।
भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेको कोइरालानिकट स्रोतले जनाएको छ ।
यता, कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
साथै, भेटमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय चुनावलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया